पिछडिएको वर्गलाई मूल प्रवाहमा ल्याउनुपर्नेमा जोड

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले आदिवासी जनजाति समुदायभित्रका पनि पिछडिएको वर्गलाई मूल प्रवाहमा ल्याउनुपर्नेमा जोड दिनुभएको छ ।
संसद्को महिला तथा सामाजिक मामिला समितिको आज सिंहदरबारमा बसेको बैठकमा समितिका सांसदहरुले आदिवासी जनजाति भित्रका पनि पहुँचवाला व्यक्तिहरूले मात्रै समावेशिताका नाममा अवसर पाइरहने प्रवृत्तिको अन्त्यका लागि जनजातिभित्रका सीमान्तकृत महिला अझै पछाडि परिरहेको बताउनुभयो ।

संविधानले आदिवासी जनजातिलाई जनसङ्ख्याको आधारमा प्रतिनिधित्व सुनिश्चित गरेको भए पनि कार्यान्वयनमा समस्या भएको सांसदहरुले बताउनुभयो ।
सांसदहरुले राजनीतिक सहभागितालाई मात्रै समावेशीताका प्राथमिकता दिइने हुँदा आर्थिक, सामाजिक क्षेत्रमा आदिवासी महिला अझै पछि परेको बताउनुभयो ।

बैठकमा सांसदहरुले आदिवासी जनजातिभित्र रहेका भाषिक समुदायको वक्ता नै नभेटिने अवस्था आइसेकेकाले त्यस समुदायको विविध संस्कृति पक्ष र भाषाको संरक्षण गरिनुपर्नेमा जोड दिनुभयो ।






प्रतिक्रिया राख्नुहोस्