तपाईँ सुन्दै हुनुहुन्छः

फ्रान्सेली स्वामित्वको जहाजका ४४ कन्टेनर दक्षिण अफ्रिकानजिकै हराएपछि खोजी जारी

गत साता समुद्रमा फ्रान्सेली स्वामित्वको एउटा जहाजबाट हराएका ४४ कन्टेनरका लागि अधिकारीहरूले बुधबार दक्षिण अफ्रिकाको पूर्वी तटमा खोजी कार्य जारी राखेको समुद्री निकायले बताएको छ । 

दक्षिण अफ्रिकी सामुद्रिक सुरक्षा प्राधिकरण (एसएएमएसए) ले एसियाबाट ले हाभ्रेतर्फ गइरहेको अल्ट्रा–लार्ज कन्टेनर जहाजले जुलाई ९ मा डरबन सहर नजिकै हिन्द महासागरमा खराब मौसमको सामना गर्नुपरेको बताएको छ । 

एसएएमएसएका प्रवक्ता तेबोगे रामातजीले कन्टेनरहरू पत्ता लगाउन उक्त क्षेत्रको हवाई सर्वेक्षण भइरहेको र अन्य जहाजहरूलाई खोजी गर्न भनिएको बताउनुभयो । “हामीले पानीजहाजहरूबाट जानकारी प्राप्त गरेकाा छौँ, तीमध्ये केहीले यस क्षेत्रमा कन्टेनर देखेका छन् तर हाम्रो हवाई सर्वेक्षणमा अहिलेसम्म कुनै कन्टेनर प्राप्त भएको छैन”, उहाँले भन्नुभयो ।

फ्रान्सेली लजिस्टिक्स फर्म सिएमए सिजिएमको स्वामित्वमा रहेको माल्टिज–ध्वजाङ्कित बेन्जामिन फ्रेङ्कलिनमा कन्टेनर स्ट्याक खसेपछि कार्गो हरायो । अन्य ३० कन्टेनरमा क्षति पुगेको छ । “समुद्रमा हराएका सबै कन्टेनरमा हानिरहित सामान थिए र कुनै खतरनाक सामान थिएनन्”, गत साता सिएमए सिजिएमले विज्ञप्तिमा भनेको थियो । 

गत सता केप अफ गुड होपमा भयानक आँधीले ढुवानीलाई गम्भीर रूपमा अवरोध गरेको थियो । यमनको हुथी विद्रोहीहरूको खतराका कारण जहाजहरू लाल सागरको मार्गबाट बच्न खोज्दा हालका महिनाहरूमा यस मार्गमा यातायातमा वृद्धि भएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button