स्विमिङ पुलमा डुबेर एक युवाको मृत्यु
रुपन्देही । रुपन्देहीको एक स्विमिङ पुलमा डुबेर एक युवाको मृत्यु भएको छ ।
गुल्मी घर भएका २४ वर्षीय बिमल थापाको स्विमिङ पुलमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । शुद्धोधन गाउँपालिका ४ फर्साटिकरस्थित रिद्दिसिद्धी पार्टी प्यालेसको स्विमिङ पुलमा डुबेर सोही पार्टी प्यालेसमा काम गर्ने थापाको मृत्यु भएको रुपन्देही प्रहरीले जनाएको छ ।
सोमबार राति पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।







प्रतिक्रिया राख्नुहोस्