तपाईँ सुन्दै हुनुहुन्छः

एडिबीद्वारा भारतको सौर्य प्रणाली कोषका लागि २४०.५ मिलियन अमेरिकी डलर ऋण स्वीकृत

मनिला(फिलिपिन्स) । एसियाली विकास बैङ्क (एडिबी) ले भारतमा छतमा सौर्य प्रणाली (रूफटप सोलर सिस्टम) को वित्तपोषण गर्न २४०.५ मिलियन अमेरिकी डलर ऋण स्वीकृत गरेको छ ।

छतमा सौर्य प्रणाली स्थापना गर्न भारतका विकासकर्ता र अन्तिम प्रयोगकर्तालाई ऋण प्रदान गर्न भारतीय स्टेट बैङ्क (एसबीआई) र राष्ट्रिय कृषि तथा ग्रामीण विकास बैङ्क (नाबार्ड) लाई वित्तपोषण उपलब्ध हुनेछ । 

एडिबीको क्लिन टेक्नोलोजी कोषबाट एसबीआईलाई ९०.५ मिलियन डलर प्रदान गर्ने बताएको छ  । क्लिन टेक्नोलोजी कोषबाट नाबार्डले १५० मिलियन डलर प्राप्त गर्नेछ, जसमा एडिबीको साधारण पूँजी स्रोतबाट ८० मिलियन डलर र सिटिएफबाट ७० मिलियन डलर समावेश छ ।

छतमा सौर्य प्रणाली स्थापना गर्दा प्राविधिक र परिचालन बोझ कम गरेर समग्र विद्युत् वितरण प्रणालीलाई फाइदा पुग्ने एडिबीले जनाएको छ ।  रासस/सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button