तपाईँ सुन्दै हुनुहुन्छः

बसको ठक्करबाट एक जनाको मृत्यु 

कञ्चनपुर । कञ्चनपुरमा बसको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ।

जिल्लाको कृष्णपुर नगरपालिका– ७ का ५२ वर्षीय मोहन खडकाको बसको ठक्करबाट मृत्यु भएको  हो। कार्की कटान स्थित वडा कार्यालय अगाडी अत्तरियाबाट शान्तिपुरतर्फ आउँदै गरेको ना ५ ख ३४९१ नम्बरको बसले सोही ठाउँ शान्तिपुर बस्ने पैदल यात्री खडकालाई ठक्कर दिँदा उहाँको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। 

बस चालक सोही ठाउँका २८ वर्षीय सुरेन्द्र बोहरालाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button