खुकुरी प्रहार गरेर बाँकेमा युवकको हत्या

बाँके। नेपालगन्जमा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ११ का ३८ वर्षीय इरसद राईको हत्या भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । गएराती करिब साढे १० बजेतिर राईको हत्या भएको हो ।
धारिलो हतियार प्रहार गरी एक समूहले राईको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो । हत्या गर्ने समूहको पहिचान नभए पनि उक्त समूले प्रयोग गरेको मोटरसाइकल फेला परेको डाँगीले बताउनुभयो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट लागूऔषध दुर्व्यशनीकर्ताबिच आपसमा विवाद भएको थियो । विवाद मिलाउन खोजेका राईको नै हत्या भएको बुझिएको छ । धारिलो हतियार प्रहारबाट गम्भीर घाइते हुनुभएका राईलाई उपचारका लागि भेरी अस्पताल लगिएको थियो । राईको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्