‘स्थिरताका लागि कांग्रेस–एमाले गठबन्धन’
काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले देश र जनतालाई केन्द्रमा राखेर कांग्रेस–एमालेबीच सरकार गठनका लागि गठबन्धन भएको बताउनुभएको छ ।
नेपाल विद्यार्थी सङ्घ तारकेश्वर नगर समितिले आज यहाँ आयोजना गरेको एसइई उत्तीर्ण विद्यार्थीलाई सम्मान कार्यक्रममा उहाँले अस्थिर सरकारका कारण मुलुकको विकासमा बाधा पुगेकाले स्थिरताका लागि नयाँ समीकरण बनाउनुपरेको भएको बताउनुभएको हो ।
पूर्व अर्थमन्त्री डा महतले नयाँ सरकारले देश र जनतालाई केन्द्रमा राखेर काम गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले राजनीतिक दलमा आबद्ध नेता तथा कार्यकर्ता समाजसेवाको भावनाले अगाडि बढे आर्थिक, सामाजिक तथा राजनीतिक समस्या समाधान र परिवर्तनलाई संस्थागत गर्न धेरै समय नलाग्ने जिकिर गर्नुभयो ।
“हरेक कुरामा राम्रो सम्भावना भएको नेपालजस्तो देश संसारमा अर्को भेट्टाउन सकिँदैन । त्यसैले सबै जना पवित्र भावनासहित देश र समाजको विकासमा लागेमा समृद्धि हासिल गर्न सकिन्छ”, उहाँले भन्नुभयो,“विशेष गरी युवापुस्ताले विदेश जाने मानसिकता त्यागेर स्वदेशमै केही गर्नुपर्छ भन्ने भावनाको विकास गर्नुपर्छ । निराशा र देखासिकीले देश बन्दैन ।” रासस








प्रतिक्रिया राख्नुहोस्