तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोमा परी त्रियुगामा एकको मृत्यु, दुईजना घाइते

गाईघाट । गएरातिदेखिको निरन्तर वर्षाका कारण त्रियुगा नगरपालिका–१५ तोरीबारीमा पहिरोमा परी एकजनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आठ वर्षका रुपकला मगरको मृत्यु भएको तथा ४० वर्षीया हीरामाया मगर र निजका सात वर्षीय छोरा योगेश मगर घाइते भएका हुन् । गम्भीर भएका उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । 

तोरीबारीमा पहिरोले चार घर पुरेको छभने अन्य पाँच घर उच्च जोखिममा छन् । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button