तपाईँ सुन्दै हुनुहुन्छः

जलस्रोत विधेयक दफावार छलफलका लागि समितिमा

काठमाडौँ । प्रतिनिधिसभाको बैठकले ‘जलस्रोत विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्तुत गरिएको प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

आजको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शक्तिबहादुर बस्नेतले उक्त प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का तर्फबाट सिँचाई मन्त्री बस्नेतले ‘थारु आयोगको पाँचौँ वार्षिक प्रतिवेदन’ पनि पेस गर्नुभयो । 

बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को कार्यभारसम्बन्धी र विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाइको थियो । 

प्रतिनिधिसभाको अर्को बैठक यही असार २७ गते दिउँसो ४ चार बजे बस्नेछ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button