तपाईँ सुन्दै हुनुहुन्छः

कारागारका जेलर घुससहित अख्तियारको नियन्त्रणमा

नवलपरासी,पश्चिम्। घुस रकम लिँदैगर्दा कारागार कार्यालय नवलपरासी पश्चिम् का प्रमुख प्रशासक विनोदकुमार दत्त पक्राउ परेका छन्।

डेढ लाख रकमसहित उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आइतबार पक्राउ गरेको हो । उनलाई कार्यालयमा रहेको निवासबाट आइतबार पक्राउ गरिएको हो ।

दत्तले कारागारका एक कैदीबन्दीलाई चौकीदार बनाइदिने भन्दै रकम लिएको प्रारम्भिक अनुसन्धानले बताएको अख्तियारको भनाइ छ । कारागारमा रहेका कैदीबन्दीवाट चौकीदार छनौट गर्ने चलन हुन्छ । कारागार, प्रहरी र प्रशासन कार्यालयका प्रतिनिधि सम्मिलित समितिले छनौट गर्छ ।

अख्तियार प्रवक्ता नरहरि घिमिरेद्वारा जारी प्रेस विज्ञप्तिमा विराटनगर महानगरपालिका निवासी उनीसँगबाट घुस लिइसकेको १ लाख र स्रोत नखुलेको ५० हजार बरामद भएको उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button