तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेको खजुरामा भोलि अन्तर्राष्ट्रिय साहित्य सम्मेलन हुँदै

बाँके । खजुरा प्रज्ञा प्रतिष्ठानले यही असार २१ र २२ गते दुई दिने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साहित्य सम्मेलन तथा काव्य गोष्ठीको आयोजना गर्न लागेका छ ।

विभिन्न साहित्यिक कार्यक्रमसहित सम्मेलन तथा काव्य गोष्ठीको आयोजना गर्न लागिएको हो।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा खजुरामा चिनाउने उद्देश्यले यो कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने अपेक्षा हामी लिइएको प्रतिष्ठानका सदस्य मणि अर्यालले बताउनुभयो ।

कार्यक्रममा सहभागी हुन मित्रराष्ट्र भारतका अलावा मुलुकभित्रका सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका रुपन्देही, दाङलगायतका क्षेत्रबाट लेखक तथा साहित्यकारहरूलाई आमन्त्रण गरिएको अर्यालले जानकारी दिनुभयो। उहाँका अनुसार कार्यक्रममा बाँके र बर्दियाका स्थानीय साहित्यकारको समेत उल्लेख्य उपस्थिति रहनेछ।

स्थानीय भाषा, साहित्य, कला, गीत–सङ्गीत, संस्कृति संरक्षण तथा संवर्द्धनका लागि खजुरा गाउँपालिकाद्वारा २०७९ सालमा गठित प्रतिष्ठानले भाषा, साहित्य, कलाका क्षेत्रमा विविध कार्यक्रम गर्दै आइरहेको छ। गठन भए लगतै प्रतिष्ठानले खजुराको बृहत् इतिहास नामक ऐतिहासिक पुस्तक समेत प्रकाशन गरेको थियो ।

प्रतिष्ठानले खजुरामा प्रतिभाको खोजी, जातजाति, धर्म, सम्प्रदायका सांस्कृतिक प्रदर्शनीमूलक कार्यक्रम सम्पन्न गरिसकेको छ। गत जेठ ५ गते नेपाल नाट्य तथा सङ्गीत प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा प्रतिष्ठानले लोकगीत सङ्गीत प्रशिक्षण कार्यक्रम पनि सम्पन्न गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button