तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभाबाट ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक’ पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०८१ सर्वसम्मतिले पारित गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले पारित गरियोस् भनि प्रस्ताव प्रस्तुत गर्नुभएको राष्ट्रियसभामा उत्पत्ति भएको ‘अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको प्रतिवेदनसहितको अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७८’ पारित गरेको हो ।

विधेयकमाथिको छलफलमा उठेका विषयमा जवाफ दिनुहुँदै मन्त्री तामाङले संघ प्रदेश र स्थानीय गरी तीनै तहको सरकारमा सरकारको सार्वजनिक रेकर्ड व्यवस्थापनलाई एकरुपता कायम गरी प्रभावकारी बनाउन समयानुकूल कानुन आवश्यक भएकाले विधेयक ल्याइएको बताउनुभयो ।

प्रतिनिधिसभाको अर्को बैठक भोली शुक्रबार बिहान ११:०० बजे बस्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button