पोखरा महानगरपालिकाको बजेट ७ अर्ब ५१ करोड ३२ लाख
पोखरा । क्षेत्रफलका हिसाबले देशै ठुलो पोखरा महानगरपालिले आर्थिक २०८१/८२ का लागि रु. ७ अर्ब ५१ करोड ३२ लाख ८३ हजार को बजेट प्रस्ताव गरेको छ । पोखरा महानगरको १५ औँ नगर सभामा सोमबार पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले उक्त बजेट प्रस्तुत गर्नुभएको हो ।

प्रस्तावित उक्त बजेट चालु आर्थिक वर्षको तुलनामा ३६ करोड १७ लाखले बढी हो । संघीय सरकार अनुदानबाट रू ४ अर्ब २० करोड २२ लाख १ हजार, प्रदेश सरकार अनुदानबाट रू ९ करोड ६३ लाख ८१ हजार, आन्तरिक आयबाट रू १ अर्ब ५५ करोड ५१ लाख ४० हजार व्यहोरिने उहाँले बताउनुभयो ।
त्यसै गरी संघीय राजश्व बाँडफाँटबाट रू ३८ करोड ३३ लाख ७५ हजार व्यहोरिने छ भने प्रदेश राजश्व बाँडफाँट ९ करोड ७२ लाख २० हजार व्यहोरिने छ । स्थानीय राजस्व बाँडफाँटबाट रु १ अर्ब १२ करोड ८६ लाख ६१ हजार र रोयल्टी बाँडफाँटबाट रू ५४ लाख २४ हजार प्राप्त हुने अनुमान गरिएको छ । नगर विकास कोष ऋण रू ४ करोड ४८ लाख ८० हजार व्यहोरिने अनुमान छ ।
प्रस्तुत बजेट अन्तर्गत शिक्षा, खेलकुद तथा युवा र प्रज्ञा प्रतिष्ठानसम्वन्धी कार्यक्रम सञ्चालन गर्न रु. १ अर्ब ६५ करोड, स्वास्थ्यमा रु ३५ करोड, पर्यटन तथा शहरी विकासका कार्यक्रम सञ्चालनका लागि कुल रू. ५६ करोड, सामाजिक विकास अन्तर्गत लक्षित वर्ग तर्फ कुल रू ६ करोड र संस्थागत विकास तर्फ रू २ करोड बिनियोजन गरिएको उपप्रमुख गुरुङले बताउनुभयो ।
बजेटको पूर्णपाठ :








प्रतिक्रिया राख्नुहोस्