तपाईँ सुन्दै हुनुहुन्छः

मानव अधिकार आयोगको सञ्चार रणनीति मस्यौदामा छलफल

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले आयोगको सञ्चार रणनीतिको मस्यौदामा सरोकारवालाहरूसँग सुझाव लिएको छ ।

अल्फा हाउस नयाँबानेश्वरमा आज आयोजित कार्यक्रममा आयोगले सञ्चारकर्मी र मानव अधिकारकर्मीसँग आयोगको सञ्चार रणनीति निर्माणमा सुझाव लिएको हो ।

आयोगका सचिव मुरारीप्रसाद खरेलले सञ्चार रणनीतिमा प्राप्त सुझावलाई समेटेर लैजाने उल्लेख गर्नुहुँदै मानव अधिकार संरक्षणका क्रममा सञ्चारलाई कसरी प्रभावकारी बनाउने भन्नेमा सञ्चार रणनीति केन्द्रित हुने बताउनुभयो ।

आयोगको सञ्चार रणनीति मस्यौदा निर्माणका परामर्शदाता चुनबहादुर गुरुङले मस्यौदा प्रस्तुत गर्दै सञ्चारलाई प्रभावकारी बनाउन सञ्चार रणनीति आवश्यक परेको बताउनुभयो ।

सञ्चारकर्मीहरूले आयोगको सञ्चार रणनीतिमाथिको छलफल पर्याप्त नभएको भन्दै सूचना वितरण र पहुँचमा प्रभावकारिता आउनुपर्ने बताउनुभयो ।

मानवअधिकारका क्षेत्रमा क्रियाशील संस्थाका प्रतिनिधिहरूले सञ्चार रणनीति पीडित मैत्री हुनुपर्ने, रणनीति र कार्यनीति स्थानीय तहसम्म पुर्‍याउनुपर्ने, मानवअधिकारमैत्री शब्द प्रयोग गर्नुपर्ने लगायतका विषयमा सुझाव राख्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button