संवैधानिक परिषद्को बैठक बालुवाटारमा शुरु

काठमाडौँ । संवैधानिक परिषद्को बैठक बालुवाटारमा शुरु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बैठक शुरु भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण प्रसाद दाहाल, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, उपसभामुख इन्दिरा राना र प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा सहभागी हुनुहुन्छ ।
प्रतिक्रिया राख्नुहोस्