अत्यधिक गर्मीका कारण बाँकेमा दुई जनाको मृत्यु

बाँके। पछिल्लो समयमा तराईका जिल्लामा बढेको अत्यधिक गर्मी र तातो हावाका कारण जनजीवन कष्टकर बन्दै गएको छ । उच्च गर्मीकै कारण बाँकेमा दुई जनाको मृत्यु समेत भएको छ । मृत्यु हुनेमा खजुरा गाउँपालिकाका सुन व्यवसायी टोपेन्द्र सुनारको गर्मीका कारण हृदयघात भएर ज्यान गएको भेरी अस्पतालले जनाएको छ ।
यसैगरी शनिबार कैलाश गिरीको पनि गर्मीका कारण श्वास प्रश्वासमा समस्या देखिए लगतै मृत्यु भएको थियो । उपचारका लागि भेरी अस्पताल पुर्याए पनि एक सय ४ वर्षीय गिरिलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।
पछिल्लो केही दिनयता पश्चिम तराईको बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा अत्यधिक गर्मी बढेको छ । आइतबार यी जिल्लाहरूको तापमान ४० देखि ४५ डिग्री सम्म पुगेको मौसम विभागले जनाएको छ । यसरी अत्यधिक गर्मी बडेसँगै जनजीवन अस्तव्यस्त बनेको हो ।
प्रतिक्रिया राख्नुहोस्