काठमाडौँ उपत्यकामा आज साँझदेखि केही शीतल हुने
काठमाडौँ । काठमाडौँ उपत्यकाको तापक्रम शुक्रवारको तुलनामा आज केही घटेको छ । आज साँझदेखि उपत्यकामा केही शीतल हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज साँझदेखि काठमाडौँ उपत्यकामा मनसुनको सामान्य प्रभाव महसुस हुने जानकारी दिँदै विभागका मौसमविद् सरोज पुडासैनीले आज अपराह्न र राति यहाँ मेघगर्जनसहित हल्का वर्षा हुने सम्भावना रहेको बताउनुभयो । मनसुन पूर्वबाट क्रमशः पश्चिमतर्फ सर्ने क्रम जारी छ तर यसलाई प्रि मनसुन गतिविधि नै मान्नुपर्ने उहाँले बताउनुभयो ।
शुक्रवारको तुलनामा आज आंशिकदेखि साधारणतया बदली हुने मौसमविद् पुडासैनीले बताउनुभयो । आज यहाँको अधिकतम तापक्रम २९ देखि ३१ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ । शुक्रबार यहाँको अधिकतम तापक्रम ३३.४ डिग्री सेल्सियस मापन गरिएको थियो ।







प्रतिक्रिया राख्नुहोस्