तपाईँ सुन्दै हुनुहुन्छः

खोलामा डुबेर बालकको मृत्यु

वीरगन्ज । पर्साको जगरनाथपुर गाउँपालिका–१ पिडारी गुठीमा आज दिउँसो चमरी खोलामा नुहाउने क्रममा ८ वर्षीय बालकको डुबेर मृत्यु भएको छ ।

चमरी खोलामा सिँचाइका लागि बाँध बाँधिएको र सो स्थानमा जम्मा भएको पानीमा नुहाउने क्रममा जगनरनाथपुर गाउँपालिका–१ पिडारी गुठी निवासी जग्गा राउत गदीका ८ वर्षीय छोरा अब्दुल कलाम गदीको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक मोहनजंग बुढाथापाले जानकारी दिनुभयो ।

प्रहरी निरीक्षक थापाका अअनुसार, शुक्रबार दिउँसो गाउँकै साथीहरूसँग अब्दुल खोलामा नुहाउन गएका थिए । नुहाउने क्रममा अब्दुल डुबेपछि उनीसँगै रहेका साथीहरूले होहल्ला गरेसँगै स्थानीयले उनलाई उद्धार गरेर बाहिर निकाल्दा बालकको मृत्यु भइसकेको थापाले बताउनुभयो ।

मृतक बालकको शव पोष्टमार्टमका लागि वीरगन्जस्थित नारायणी अस्पतालमा पठाइएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button