तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभा बैठक: समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

file photo

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले बजेटमा विपन्न नागरिक उपचार कोषको रकम ४ लाख रुपैयाँबाट घटाएर एक लाख रुपैयाँ बनाइएकोमा असन्तुष्टि जनाउँदै पुरानै व्यवस्था कायम गर्न सरकारसँग माग गर्नुभयो । 

बैठकमा सांसदहरुले गर्मीका कारण तराइमा जनजीवन कष्टकर बनेको भन्दै विद्युत्  आपूर्तिमा हुँदै आएको अवरोध हटाउनुपर्ने, काठमाडौँमा पानीको समस्या समाधान गर्न सबैतिर समान रुपमा मेलम्चीको पानी वितरण गरिनुपर्ने र चक्रपथ विस्तारको काम जतिसक्दो चाँडो सक्नुपर्ने विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । 

सांसदहरुले सरकारले रासायनिक मल अभाव नरहेको बताए पनि किसानहरुले रासायनिक मल नपाएको, कृषि उत्पादन बढाउन कृषि क्षेत्रमा प्राविधिक जनशक्तिको व्यवस्था गर्नुपर्ने र दूध उत्पादक किसानलाई तत्काल भुक्तानी दिनुपर्ने बताउनुभयो । 

त्रिभुवन विश्वविद्यालयले विभिन्न समयमा लिएको परीक्षाको नतिजा समयमा प्रकाशन नगर्दा विद्यार्थीहरू थप अध्ययन र रोजगारीबाट वञ्चित हुनुपरेको भन्दै तत्काल नतिजा सार्वजनिक गर्न सांसदहरुले आग्रह गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button