तपाईँ सुन्दै हुनुहुन्छः

जिप्रका मोरङमा राष्ट्रिय परिचयपत्र बनाउन सेवाग्राहीको भिड

विराटनगर । नेपाल सरकारले आगामी आर्थिक वर्षदेखि सामाजिक सुरक्षाभत्ता वितरण प्रयोजनका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने भएपछि जिल्ला प्रशासन कार्यालय मोरङमा परिचयपत्र बनाउन सेवाग्राहीको भिड बढेको छ । 

दिनभरिको चर्को गर्मी  परिचयपत्र वितरण प्रणालीको सिष्टममा आउने  खराबीका कारण परिचय पत्रका लागि समयमा फोटो खिच्न र विवरण भर्न नपाउँदा  सबभन्दा बढी अशक्त, अपाङ्ग र ज्येष्ठ नागरिक तथा मजदुर वर्ग मारमा परेका छन् । यस्ता समस्याले गर्दा परिचयपत्र बनाउनकै लागि निरन्तर जिल्ला प्रशासन कार्यालय धाउनुपर्ने अवस्था छ । 

राष्ट्रिय परिचय पत्रको बायोमेट्रिक प्रणालीमा सामाजिक सुरक्षा भत्ताका लाभग्राहीलाई सहभागी गराउने भएपछि परिचय पत्र लिन   जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको भिड बढेको हो  ।

दिनभरिको चर्को गर्मी परिचयपत्र वितरण प्रणालीको सिष्टममा आउने  खराबीका कारण परिचयपत्रका लागि समयमा फोटो खिच्न र विवरण भर्न नपाउँदा  सबभन्दा बढी अशक्त, अपाङ्ग र ज्येष्ठ नागरिक तथा मजदुर वर्ग मारमा परेका छन् । यस्ता समस्याले गर्दा परिचय पत्र बनाउनकै लागि निरन्तर जिल्ला प्रशासन कार्यालय धाउनुपर्ने अवस्था छ ।

मोरङ जहदा–४ की ७२ वर्षीय रमादेवी महत्तोले चारदिन देखि ज्याला मजदुरी छाडेर परिचयपत्र बनाउन धाउँदा पनि काम हुन नसकेको गुनासो गर्नुभयो । 

रंगेली नगरपालिका–३ की ७३ वर्षीय गङ्गामाया कार्कीले सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य भन्ने कुरा थाहा पाएपछि आफु परिचयपत्र बनाउन आएको र नेटको समस्याले काम हुन नसेको बताउनुभयो । परिचयपत्र बनाउन आउनु भएका चेतन मर्मु र ग्रामथान गाउँपालिका नेता चौककी ७९ वर्षीय टोको खवासको समस्या पनि उस्तै छ ।

नेपाल सरकारको राष्ट्रिय अभियान अन्तर्गत राष्ट्रिय परिचयपत्र बनाउनका लागि मोरङ जिल्लामा २०७८ साल असोजदेखि  विवरण सङ्कलन गर्ने कार्य शुरु भएको थियो । टोलीले १७ वटै पालिकाको  वडा वडा पुगेर स्टेसन खडा गरि विवरण सङ्कलन गरेको थियो । सामाजिक सुरक्षा भत्तामा अनिवार्य नभएका कारण  अपाङ्ग तथा ज्येष्ठ नागरिक विवरण सङ्कलनमा छुट्न पुगेको थिए । 

सिष्टम आपूर्तिमा आएको समस्याका कारण काममा ढिलाई हुने गरेका र त्यसलाई व्यवस्थापन गर्न प्रशासन लागि रहेको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीको भनाई छ 

राष्ट्रिय परिचय पत्रका लागि जिल्ला प्रशासन कार्यालयमै जानुपर्ने बाध्यता भएकाले  ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई घरघरमै  राष्ट्रिय परिचय पत्र दिने व्यवस्थाका लागि पुन वडा वडामा विवरण सङ्कलन टोली खटाउन समेत सेवाग्राहीले माग गरेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button