तपाईँ सुन्दै हुनुहुन्छः

बर्दघाट पूर्ण खोप तथा संस्थागत प्रसूति सेवायुक्त नगरपालिका घोषणा 

नवलपरासी,पश्चिम् । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकालाई पूर्ण खोप तथा संस्थागत प्रसूति सेवायुक्त नगरपालिका सुनिश्चितता घोषणा भएको छ ।

घोषणाका लागि सबै सुचाङ्कहरु भएसँगै जिल्ला समन्वय समितिका अध्यक्ष भगौती प्रसाद यादव (रुदल)ले एक कार्यक्रमका बिच पूर्ण खोप तथा संस्थागत प्रसूति सेवा युक्त नगरपालिका सुनिश्चितता घोषणा गर्नु भएको हो ।

घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष यादवले घोषणा मात्रै ठूलो कुरा नभै यसको दिगोपना चुनौतीको विषय रहेको बताउँदै नीति तथा कार्यक्रममै समेटेर प्राथमिकतामा राखिनु पर्नेमा जोड दिनुभयो ।

नगर प्रमुख शम्भुलाल श्रेष्ठले नगरको अति विकट क्षेत्रका रुपमा रहेको वडा नं- २ को पहाडी क्षेत्र पटुकेमा स्वास्थ्य सेवा केन्द्र राख्ने तयारी गरिएको बताउनुभयो ।यसको दिगोपनाका लागि सरोकारवाला,कर्मचारी,जनप्रतिनिधि सबै गम्भिरतापुर्वक लाग्नु पर्ने उल्लेख गर्नुभयो।

प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले कुनै पनि अभियानलाई तत्काल पुरा गरेर घोषणा गर्न सजिलो भएपनि चुनौती पनि उत्तिकै रहेको बताउँदै उहाँले संस्थागत सुत्केरीका लागि गर्भधारण  देखिको वातावरण सहज अनुकूलको रहनु पर्ने बताउनु भयो ।

जिल्लाका सुरक्षा निकाय र स्वास्थ्य कार्यालय प्रमुख लगाएतको उपस्थिति रहेको कार्यक्रममा स्वास्थ्य कार्यालय नवलपरासीका प्रमुख ओम प्रकाश पन्थीले अहिले सम्म नवलपरासीमा १३ प्रकारका अभियानहरू नियमित रुपमा सञ्चालन भइरहेको र त्यसको सकारात्मक प्रभाव रहेको जानकारी गराउनु भएको थियो ।

पूर्ण खोप तथा संस्थागत प्रसूति सेवा युक्त नगरपालिका सुनिश्चितता घोषणा कार्यक्रममा सेवा निवृत्त भएका स्वास्थ्य स्वयंसेविकालाई बर्दघाट नगरबाट २ लाख र लुम्बिनी प्रदेश सकारबाट ५० हजार –सम्मान सहित बिदाइ गरिएको थियो । जिल्लाका ४ वटा स्थानीय तह पूर्ण संस्थागत  प्रसूति सेवायुक्त नगर घोषणा भएका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button