तपाईँ सुन्दै हुनुहुन्छः

जसपाको राष्ट्रिय एकताको महाधिवेशन शुरु

जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालका राष्ट्रिय एकताको महाधिवेशन आजदेखि शुरु भएको छ ।

जनकपुरधामको ऐतिहासिक तिरहुतियागाछीमा महाधिवेशनको उद्घाटन पार्टीका अध्यक्ष उपेन्द्र यादवले गर्नुभयो । महाधिवेशनमा देशभरका १ हजार ३ सय प्रतिनिधिहरू सहभागी रहनुभएको पार्टी अध्यक्ष उपेन्द्र यादवले जानकारी दिनुभयो ।

तीन दिनसम्म चल्ने महाधिवेशनबाट राजनीतिक, वैचारिक दस्ताबेज र नीतिगत दस्ताबेज पारित गरिने बताइएको छ ।

महाधिवेशनलाई ध्यानमा राखी जनकपुरधामको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button