तपाईँ सुन्दै हुनुहुन्छः

माओवादी केन्द्रका उपाध्यक्ष सापकोटाद्वारा एमालेको कार्यालय अवलोकन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाले आज नेपाल कम्युनिष्ट पार्टी (एमाले)को च्यासलस्थित केन्द्रीय कार्यालयमा पुगी कार्यालय सञ्चालन, व्यवस्थापन र  सूचना प्रविधिसम्बन्धी गतिविधिबारे जानकारी दिनुभएको छ ।

दुई पार्टीबीच यसअघि भएको सल्लाहबमोजिम नेता सापकोटा एमाले मुख्यालय जानुभएको हो । उपाध्यक्ष सापकोटाले एमालेको एक्सन रुम, एप्स, प्रचारप्रसार व्यवस्थापनबारे जिज्ञासा राख्नुभएको थियो । 

उहाँको जिज्ञासाबारे आफूहरूले अवगत गराएको एमालेका उपमहासचिव विष्णु रिमालले जानकारी दिनुभयो । उपाध्यक्ष सापकोटाले एमालेको कार्यालय सुव्यवस्थित र अत्याधुनिक पाइएको बताउनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button