तपाईँ सुन्दै हुनुहुन्छः

कुश्मीया सामुदायिक वनमा लोभलाग्दो कागती खेती

बाँके । बाँकेको एक सामुदायिक वनले कागती खेती गर्न सुरु गरेपछि त्यसबाट सो वनका उपभोक्तालाई राम्रो आम्दानी हुने बन समितिले जनाएको छ । 

जिल्लाको राप्ती सोनारी गाउँपालिका–७ मा रहेको कुश्मीया सामुदायिक वनले पहिलो पटक गरेको सामूहिक कागती खेतीबाट समूहले मनग्गे आम्दानी गर्ने अनुमान गरेको सामुदायिक वनका उपभोक्ताहरूको भनाई छ ।

कुश्मीया सामुदायिक वनका सचिव काशीराम चौधरीले वनको तिन हेक्टर जग्गामा विभिन्न प्रजातिका कागती लगाई सुरु गरिएको सामूहिक खेतीबाट उपभोक्ता लाभान्वित हुने बताउनु भयो । उहाँले सो वनमा लगाइएका आठ सय कागतीका बिरुवाबाट राम्रो उत्पादन हुने बताउनु भयो । सचिव चौधरीका अनुसार यस सिजनमा मात्र सो वनमा करिब ४÷५ सय किलो कागती फलेको जनाउँदै उपभोक्तालाई सोको बाँडफाँट गर्ने बताउनुभयो । 

उहाँले अन्य बाली जस्तो सधैँ हेरविचार गोडमेल समेत गर्नु नपर्ने र बँदेल, बाँदर जस्ता जनावरले पनि कागती बालीलाई नोक्सानी नपु¥याउने हुँदा थप वनको खाली जग्गामा पनि कागती खेती विस्तार गर्ने तयारी भइरहेको बताउनुभयो । 

बि ग्रुपले सामुदायिक वनमा कागती खेती गर्नका लागि उपभोक्तालाई प्राविधिक ज्ञान दिनुका साथै अन्य सहयोग गर्दै आएको सचिव चौधरीले जानकारी दिनु भयो ।  

सचिव चौधरीले बनमा सिचाइको पर्याप्त सुविधा नहुँदा चाहेको जति कागती उत्पादन हुन नसकिरहेको बताउँदै कृषि ज्ञान केन्द्र नेपालगन्जसँग कागती खेतीका लागि सहयोग गरिदिन आग्रह गरे पनि कुनै सुनवाई नगरेको बताउनु भयो । 

उहाँले वन आसपास क्षेत्रका लक्षित वर्ग र विपन्न वर्गका लागि रोजगारी सिर्जना गरी आयआर्जनमा टेवा पु¥याउने लक्ष्य लिएर कागती खेती सुरु गरिएको बताउँदै उहाँले स्थानीय, प्रदेश र संघीय सरकारको सहयोग पाएको खण्डमा कागती खेती सँगै बन क्षेत्रको खाली जग्गामा पार्क निर्माण गरी पर्यटकीय गन्तव्यको रुपमा सामुदायिक बनलाई विकास गर्ने योजना रहेको बताउनु भयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button