बजेट अभावले लुम्बिनी विकास गुरुयोजनाको काम हुन सकेन

काठमाण्डौ । लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामाले बजेट अभावका कारण लुम्बिनी गुरुयोजना अनुसारका काम समयमा नै नसकिएको बताउनुभएको छ ।
संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा उपाध्यक्ष लामाले कोषमा भएका काम कारवाही, प्रमुख सवाल, समस्या र भावी योजना प्रस्तुत गर्दै बजेट अभावले लुम्बिनी गुरुयोजनाको लक्ष्य पूरा हुन नसकेको बताउनुभयो ।
उपाध्यक्ष लामाले आर्थिक बर्ष २०८०÷०८१ मा सम्पन्न गर्ने लक्ष्य रहेपनि बजेट अभावले राष्ट्रिय गौरबको आयोजना कै काम रोकिएको बताउनुभयो ।
उपाध्यक्ष लामाले बजेट सुनिश्चितताका लागि सरकारलाई निर्देशन दिन आग्रह गर्दै कोषले गरेका कामकारवाही लगायतका विषयमा अध्ययन गर्न समितिलाई आग्रह समेत गर्नुभयो ।
कोषका सदस्य–सचिव सानुराजा शाक्यले ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक एवम् धार्मिक स्थल लुम्विनी विकासका लागि यससँग सम्बन्धित ऐन परिमार्जन आवश्यक गर्न रहेको बताउनुभयो ।
कोषका सदस्य–सचिव शाक्यले लुम्बिनी गुरुयोजना कार्यान्वयन गर्न १३ अर्व लागत लाग्ने अनुमान गरिएकोमा ६ अर्ब बरावरको काम भएको ७ अर्ब रुपैयाँ बराबरको काम बाँकी रहेको जानकारी दिनुभयो ।
सदस्य–सचिव शाक्यले वजेट अभावले समयमा काम गर्न नसकिएको बताउँदै चालु आर्थिक बर्षमा ५० करोड रुपैयाँ बराबरको काम भएपनि ३० करोड रुपैयाँमात्र भूक्तानी गर्ने अवस्थामा कोष रहेको बताउनुभयो ।
बैठकमा सांसदहरु लुम्बिनी विश्वविद्यालयको सञ्चालन, कोषको विकास योजना र सरकारले गर्नुपर्ने कामसँगै समितिसँग कोषको अपेक्षा लगायतका विषयमा धारणा राख्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्