प्रधानमन्त्री दाहालद्वारा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई ब्यक्त
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिनुभएको छ । प्रधानमन्त्री प्रचण्डले चुनावी सफलताका निम्ति सामाजिक सञ्जाल ट्वीटरमार्फत् मोदीलाई बधाई दिनुभएको हो ।
‘लोकसभा निर्वाचनमा बीजेपी र एनडीएलाई लगातार तेस्रो कार्यकालको चुनावी सफलताका निम्ति बधाई व्यक्त गर्न चाहन्छु,’ प्रधानमन्त्री प्रचण्डले लेख्नुभएको छ । यसका साथै दाहालले भारतीय जनताको उत्साहपूर्वक सहभागितामा विश्वकै ठूलो लोकतान्त्रिक अभ्यास सम्पन्न गरेकोमा आफू खुशी भएको उल्लेख गर्नुभएको छ ।
भारतीय जनता पार्टी २४० र इन्डियन नेशन कंग्रेसले ९९ सय सिट समाजवादीले ३७ र त्रिणमुल कंग्रेसले २९ र डिएमके २२ सिट प्राप्त गरेका छन् । भाजपाले एक्लै बहुमत ल्याउन नसके पनि एनडिए अलाइन्सले भने सुविधाजनक बहुमत हासिल गरेको छ ।









प्रतिक्रिया राख्नुहोस्