अपाङ्गता भएका व्यक्तिहरूको छुट्टै राष्ट्रिय सर्वेक्षण हुने, प्रश्नावलीको काम अन्तिम चरणमा
काठमाडौँ ।अपाङ्गता भएका व्यक्तिहरूको छुट्टै राष्ट्रिय सर्वेक्षण गर्नु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालको आयोजना तथा महिला बालबालिका ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय तथ्याङ्क कार्यालय, युएनडिपी नेपालको साझेदारीमा आज आयोजित कार्यक्रममा सरोकारवाला निकायहरूले वि.स. २०७८ सालको जनगणनामा अपाङ्गता भएका व्यक्तिहरूको खण्डिकृत तथ्याङ्क आएको भन्दै छुट्टै सर्वेक्षण गर्नु पर्नेमा जोड दिएका हुन ।
।
राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल र राष्ट्रिय तथ्याङ्क कार्यालयको संयुक्त साझेदारीमा उक्त कार्य गरिने राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक ढुण्डिराज लामिछानेले जानकारी दिनु भयो । अपाङ्गता भएका व्यक्तिहरूको बहुआयामिक विषयहरू समेटेर तथ्याङ्क निकालिने निर्देशक लामिछानेले बताउनु भयो ।

अपाङ्गता भएका व्यक्तिहरूको राष्ट्रिय सर्वेक्षण प्रश्नावलीमा १५ औँ खण्ड गरी अपाङ्गता भएका व्यक्तिहरूको आयआर्जनमा सहभागिता, सार्वजनिक पहुँचयुक्तताको अवस्था, वैवाहिक स्थिति, शिक्षा, स्वास्थ्यमा पहुँचको अवस्था, लगायतका बहुआयामक र अपाङ्गतासँग जोडिने हरेक विषय वस्तुहरू समेटेर १२ वटा अपाङ्गता भएका वर्गहरूका सवालहरूलाई राखी प्रश्नावली तयार गरिएको प्रश्नावली मस्यौदाका परामर्शदाता केशव कुमार गौतमले जानकारी दिनु भयो ।
राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालका सचिव सिर्जना केसीले प्रश्नावलीको मस्यौदालाई अन्तिम रूप दिनका लागि कार्यशाला आयोजना गरिएको जानकारी दिँदै उक्त राष्ट्रिय सर्वेक्षण अपाङ्गता सवालमा हालसम्म गरिएको ऐतिहासिक र उपलब्धिमूलक कार्य हुने बताउनु भयो ।कार्यशालामा बोल्नुहुँदै प्रश्नावली मस्यौदाका सल्लाहकार एवं महासङ्घका पूर्व अध्यक्ष डा.विरेन्द्रराज पोखरेलले राष्ट्रिय प्रश्नावली सर्वेक्षणमा अपाङ्गता भएका सबै वर्गका सवालहरूलाई समेटिनेमा आफु विश्वस्त भएको बताउनु भयो ।
त्यसैगरी युएनडिपी नेपालका नीति तथा सुशासन क्षेत्र हेर्ने प्रतिनिधि बिन्दा मगरले अपाङ्गता भएका व्यक्तिहरूको राष्ट्रिय सर्वेक्षणका लागि युएनडिपी नेपालले सुरुका दिनदेखि अन्तिमसम्म निरन्तर सहकार्य गरिरहने प्रतिबद्धता व्यक्त गर्नु भयो कार्यशालामा विश्व स्वास्थ्य सङ्गठनका नेपाल प्रतिनिधि, लगायत विभिन्न सरकारी, गैरसरकारी तथा अपाङ्गता क्षेत्रमा कार्य गर्ने संघसस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्