तपाईँ सुन्दै हुनुहुन्छः

एमाले मकवानपुरको १०औँ जिल्ला अधिवेशन जेठ १८ र १९ गते

मकवानपुर । नेकपा एमाले मकवानपुरको १०औँ जिल्ला अधिवेशन आगामी जेठ १८ र १९ गते हुने भएको छ ।

जिल्ला अधिवेशनका लागि एमाले मकवानपुरले तयारीलाई अन्तिम चरणमा पुर्याएको छ । अधिवेशनले जिल्लाको नयाँ नेतृत्व चयन हुने एमालेले जनाएको छ ।

१०५ सदस्यीय जिल्ला कमिटी चयनका लागि दुई वटा प्यानलका बिचमा प्रतिस्पर्धा हुने देखिएको छ । अध्यक्ष पदमा रघुनाथ खुलाल, श्रीधर पोखरेल, इन्द्रमान स्याङतान, ध्रुवप्रसाद चौलागाई, देवराज रिमाल र लालबहादुर थापा लगायतको चर्चा छ ।

उपाध्यक्षमा नवीन सिग्देल, हिदम लामा, सुनिल मुक्तान, पार्वती रानाको चर्चा छ भने सचिवमा मदन कुमार दाहाल, सुमित्रा काफ्लेको नाम चर्चा चलेको छ। उपसचिवमा सिता विष्ट, खेम जर्गामगर, दीपक खड्का, जुना दाहाल, आरती पाठक, रमिला सापकोटा, इन्द्रप्रसाद नेपाल, सन्तोष चौलागाई लगायतको चर्चा रहेको छ।

एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन गर्नुहुनेछ ।

अधिवेशनका लागि जिल्ला अध्यक्ष एकालाल श्रेष्ठको संयोजकत्वमा १२ वटा समिति गठन गरिएको छ भने २०० जना स्वयंसेवक परिचालन हुने एमाले मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button