कृषि क्षेत्रमा जलवायु परिवर्तनको असर
काठमाडौँ। कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वाला कुमारी साहले आम नेपालीको आयआर्जन तथा खाद्य सुरक्षाका दृष्टिकोणबाट महत्त्वपूर्ण क्षेत्रको रुपमा रहिआएको कृषि क्षेत्रले जलवायु परिवर्तनका कारणबाट उत्पन्न विभिन्न चुनौतीहरू झेल्दै आएको धारणा व्यक्त गर्नुभएकाे छ।

काठमाडौँमा जारी कृषि तथ्याङ्क सम्बन्धी सम्मेलनमा मन्त्री ज्वालाले त्यस्तो धारणा व्यक्त गर्नुभएकाे हाे ।मन्त्री ज्वालाले सूचना प्रविधिका क्षेत्रमा आएका बदलिँदा सकारात्मक परिवर्तनहरुलाइ कृषि तथ्याङ्क व्यवस्थापनमा उपभोग गर्ने गरी आगामी कार्यदिशा तय गर्नु सान्दर्भिक देखिएको बताउनुभयो ।नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बमोजिम कृषि तथ्याङ्क सङ्कलन, विश्लेषण र प्रक्षेपण गरी बजार सूचना प्रणाली विकास गरिने उहाँले उल्लेख भयाे।
साथै किसान सूचीकरण कार्यलाई तीव्रता दिइने, किसान परिचयपत्रलाई कृषि क्षेत्रमा प्रदान गरिने , कृषि क्षेत्रका सेवा सुविधा तथा सहुलियतलाई डिजिटलाइजेसन गरी सर्वसुलभ र पारदर्शी बनाइने, र साना तथा सीमान्तकृत किसानलक्षित कार्यक्रम कार्यान्वयनमा ल्याइने विषय समेत नीति तथा कार्यक्रममा समेटिएकाले सोही अनुसार नै आफूले कार्य अगाडि बढाउने मन्त्री ज्वालाले प्रतिबद्धता समेत जनाउनुभयो ।

यसका लागि भरपर्दो तथ्याङ्क आवश्यक पर्ने भएकाले अब सबैको ध्यान भरपर्दो तथा विश्वासिलो कृषि तथ्याङ्क व्यवस्थापनमा हुनुपर्नेमा उहाँले जोड दिनुभयो।कृषि प्रणालीको विकास तथा खाद्य सुरक्षाका लागी आवश्यक नेपालको कृषि तथ्याङ्क उत्पादन तथा सार्बजनिकिकरण कार्यको नेतृत्व गर्दै आएको कृषि मन्त्रालयका लागी कृषि तथ्याङ्क सम्बन्धि यो सम्मेलन नेपालको कृषि तथ्याङ्क प्रणाली विकासको निम्ती कोषे ढुङ्गा साबित हुनेछ ।
यहीँ जेठ ६ गतेदेखि सुरु भएको सम्मेलन भोलि सम्पन्न हुनेछ ।








प्रतिक्रिया राख्नुहोस्