तपाईँ सुन्दै हुनुहुन्छः

पर्साका १४ पालिकालाई ८ अर्ब ३५ करोड ५८ लाख रकम निकासा

वीरगंज । वीरगंज महानगरपालिका सहित पर्साका १४ पालिकामा चालु आर्थिक वर्षमा कोष तथा लेखा नियन्त्रक कार्यालय, पर्साले संघ सरकारबाट प्रदान गरिने चालू तथा पूँजीगत शीर्षकको विनियोजित रकम पठाएको छ । 

पर्सा जिल्लाका १४ वटा पालिकाको लागि सरकारले चालु र पूँजीगत तर्फ १० अर्ब ३८ करोड १६ लाख २० हजार ७३६ रकम विनियोजित गरेको र त्यसमध्ये सरकारको निर्णय अनुसार ८ अर्ब ३५ करोड ५८ लाख रुपैयाँ पठाएको कोष तथा लेखा नियन्त्रण कार्यालय पर्साले जनाएको छ । 

वीरगंज महानगरपालिकाको लागि चालूतर्फ ५६ करोड ५१ लाख ९८ हजार विनियोजित गरेकोमा ४२ करोड ३३ लाख पठाएको छ । 

यसैगरी, पर्सागढी नगरपालिकालाई ६ करोड २३ लाख, पोखरिया नगरपालिकालाई ८ करोड ८४ लाख, बहुदरमाई नगरपालिकालाई ९ करोड ७७ लाख, कालिकामाई गाउँपालिकालाई ६ करोड ३६ लाख छिपहरमाईलाई ७ करोड आठ लाख जगरनाथपुरलाई ९ करोड २४ लाख पठाएको कोष तथा लेखा नियन्त्रण कार्यालय पर्साका मनीष गौतमले जानकारी दिनुभयो । 

त्यसैगरी जीराभवानीलाई ७ करोड तीन लाख, ठोरीलाई ६ करोड ९० लाख, धोबिनीलाई ६ करोड ४६ लाख, पकाहामैनपुरलाई ६ करोड ४७ लाख, पटेर्वासुगौलीलाई ५ करोड ८० लाख, विन्दवासिनीलाई ६ करोड ६० लाख र सखुवाप्रसौनीलाई ५ करोड ५८ लाख पठाइएको कोलेनिकाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button