तपाईँ सुन्दै हुनुहुन्छः

कारको ठक्करले जनकपुरधाममा पत्रकार शिवेन्द्रको मृत्यु

जनकपुरधाम । जनकपुरधाममा कारले मोटरसाइकलमा ठक्कर दिँदा पत्रकार शिवेन्द्र रोहिताको आज बिहान मृत्यु भएको छ ।

बिहान ३ बजेतिर जनकपुरधामको थापा चोकमा बा २१ च ३३४३ नम्बरको कारले रोहिता सवार प्रदेश २ ज ५६९४ नम्बरको मोटरसाइकलमा ठक्कर दिँदा निजको घटना स्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

धनुषाको शहिदनगर नगरपालिका वडा नंं ८ का घर भएका वर्ष ३२ वर्षीया रोहिता राजधानी जनकपुर अनलाइनमा कार्यरत थिए । मोटरसाइकलमा पछाडि सवार मृतक रोहीताका साथी वर्ष २५ को जयनाथ यादव घाइते भएका छन् । उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएका छन् ।

घाइतेको उपचार जनकपुरको सीता अस्पतालमा भइरहेको छ । कार र चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ  । कारमा चार जना सवार रहेका थिए ।

मृतक पत्रकार रोहिताको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको छ । अहिले अस्पताल परिसरमा मृतक पत्रकार रोहीताका आफन्त तथा पत्रकारहरू ठूलो सङ्ख्यामा अस्पताल परिसरमा रहेका छन् । मृतक पत्रकार रोहिताको दुई साना साना बच्चा तथा श्रीमती रहेका छन् ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button