बुद्ध जयन्तीको अवसरमा रामग्राममा सप्ताहव्यापी कार्यक्रम
नवलपरासी । पश्चिम् नवलपरासीको रामग्राम नगरपालिकाले बुद्धसँग जोडिएका स्थलहरूको पर्यटन प्रवर्द्धनका लागि बुद्ध जयन्तीको अवसर पारी सप्ताहव्यापी कार्यक्रम सुरु गरेको छ ।
लुम्बिनी प्रदेशका पर्यटन उद्योग तथा सहकारी मन्त्री खड्ग बस्नेतले शुक्रबार कार्यक्रमको शुभारम्भ गर्नु भएको हो ।
रामग्राम नगरपालिकामा अवस्थित बुद्धसँग सम्बन्धित महत्त्वपूर्ण स्थल रामग्राम स्तुपा र पण्डितपुरको प्रवर्द्धनमा टेवा पुर्याउने र स्थानीयलाई अपनत्व महशुस गराउने उद्देश्यले कार्यक्रमको आयोजना नगर प्रमुख धनपत यादवले बताउनुभयो ।
हामीले रामग्राम स्तुपा,पण्डितपुरको बिकास र प्रवर्द्धनका लागि धेरै योजना बनाएका छौ तर नगरको बजेटले मात्र सम्भव छैन,यसर्थ तिनै तहका सरकारको सहकार्य आवश्यक छ नगरप्रमुख यादवले भन्नुभयो ।

कार्यक्रममा मन्त्री बस्नेतले लुम्बिनीसँग जोडेर रामग्राम स्तुपा सहितका बुद्ध स्थललाई समेटेर बुद्धपरिपथको विकास गर्न नीति तथा कार्यक्रम र बजेटमा व्यवस्था गरिने बताउनुभयो। सुनवलको तरगौली ताल, रामग्राम, पण्डितपुर, सरावलको ककरपत्त नगर, बर्दघाटको बुद्धमंगल ताल, सुस्ताको अनोमाघाटलाई पाँच वर्ष भित्र पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न पञ्चवर्षीय योजना लागु गर्ने उहाँले बताउनुभयो ।
रामग्राम नगरपालिकाले बुद्ध जयन्तीको अवसरमा विभिन्न खेलकुद प्रतियोगिता सहित जेठ १० गते बुद्ध जयन्तीको दिन रामग्राम स्तूपमा प्रज्वलन सहित बुद्ध जयन्तीको समापन गर्ने जनाएको छ । रामग्राम नगरपालिकाले रामग्राम स्तूप र पण्डितपुरको बिकास र प्रवर्द्धनका लागि विगत देखिनै विभिन्न कार्यक्रमहरू गर्दै आइरहेको छ । नगरप्रमुख धनपत यादवले रामग्राम स्तूपको र पण्डितपुरको विकासका लागी लुम्बिनी बिकास कोष,प्रदेश र संघ सरकार सँग पटक पटक बजेट माग गर्दै आउनु भएको छ ।
तर प्रधानमन्त्री देखि सम्बन्धित निकायले मौखिक आश्वासन बाहेक यस को बिकास तर्फ ठोस पहल गरेको भने देखिएको छैन ।स्तुपाको रामग्राम नगरपालिकाले नै संरक्षण गर्दै आइरहेको छ ।







प्रतिक्रिया राख्नुहोस्