‘पत्रकार महासङ्घको नेतृत्व सहमतिमा चयन गरौँ’
नेपालगञ्ज । नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले नेपाल पत्रकार महासङ्घलाई साझा चरित्रको संस्था बनाउन सहमतिमा नेतृत्व चयन गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशको भित्ते पात्रो विमोचन कार्यक्रमलाई आज नेपालगञ्जमा सम्बोधन गर्दै अध्यक्ष लम्सालले सबै साना ठूला आस्थाका सङ्गठनलाई समेटेर साझा संस्था बनाउन युनियनले पहल गरिरहेको बताउनुभयो ।
शुद्धीकरणका नाममा सक्रिय पत्रकारहरूलाई पन्छाउने काम युनियनलाई सह्य नहुने बताउँदै लम्सालले त्यसका विरुद्ध आफूहरू लागिपरेको उल्लेख गर्नुभयो । उहाँले युनियनका सदस्यहरूको गतिविधि, क्रियाशीलता र अनुशासन हेरेर मात्र अब महासङ्घमा व्यक्तिहरू पठाउने बताउनुभयो ।
नेपाल पत्रकार महासङ्घले आगामी २६ गते नयाँ नेतृत्व चयनका लागि निर्वाचनको मिति तोकेको छ । महासङ्घमा सदस्यता विवाद कायमै रहेकाले समयमै निर्वाचन हुनेमा आशङ्का बढेको छ ।








प्रतिक्रिया राख्नुहोस्