ट्रकले किच्दा ६० वर्षीय साहको मृत्यु
सप्तरी । सप्तरीमा ट्रकले किच्दा ६० वर्षीय पुरुषको मुत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको खडक नगरपालिका—५ खरचुहियाका ६० वर्षीय माखन साह रहेको सप्तरी प्रहरीले जनाएको छ ।
सप्तरीको खडक नगरपालिका–५ स्थित पूर्वपश्चिम राजमार्गमा शुक्रबार बिहान ११ः३० बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ८ ख २८१६ नम्बरको मालवाहक ट्रकले किच्दा साहको मृत्यु भएको हो । ट्रकले विपरीत दिशातर्फ साइकलमा आउँदै गरेका साहलाई किचेको थियो ।
ट्रक चालक प्युठानको छिन्ताङ बस्ने बमबहादुर पुनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।






प्रतिक्रिया राख्नुहोस्