तपाईँ सुन्दै हुनुहुन्छः

आफुहरुपनि सरकारमा संलग्न भएकाले विभाजनको पक्षमा छैनौ: अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकले १०औँ राष्ट्रिय महाधिवेशनमा पेश हुने राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ ।

 काठमाडौँमा सम्पन्न केन्द्रिय कमिटीको बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा पार्टीका अध्यक्ष माधव कुमार नेपालले आफुहरुपनि सरकारमा संलग्न भएकाले विभाजनको पक्षमा नभएको बताउनुभयो । 

अध्यक्ष नेपालले बाम पार्टीहरूका बीचमा एकताको आवश्यकता रहेको र लोकतान्त्रिक शक्तिहरूसँग मिलेर देशमा आउने सङ्कटका सामु एकताबद्ध भएर लाग्नुपर्ने बताउनुभयो ।

सम्पन्न केन्द्रिय कमिटीको बैठकको निर्णय आज सार्वजनिक गर्दै केन्द्रिय सदस्यको सुझावलाई समावेश गरी परिमार्जन सहित राजनीतिक प्रतिवेदन पारित गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । बैठकले १८ बुँदे समसामयिक प्रस्ताव समेत पारित गरेको छ ।

नेकपा एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन आगामी असार १६ देखि २० गतेसम्म काठमाडौँमा हुँदैछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button