बढैयातालका महिलाहरूलाई दुना टपरी बनाउने तालीम

बाँके । बढैयाताल गाउँपालिका वार्ड नं ९ का महिलाहरूलाई दुना टपरी बनाउने तालीम दिइएको छ। बढैयाताल गाउँपालिकाको लघु उद्यम बिकास कार्यक्रम अन्तरगत दुना टपरी बनाउने ५ दिने तालीम सञ्चालन गरिएको बढैयाताल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले जानकारी दिनु भयो ।

आयआर्जनलाई टेवा पुगोस् भन्ने उद्देश्यका साथ वनमा खेर गई रहेको पातको सदुपयोग पनि हुने र ग्रामीण क्षेत्रमा रहेका महिलालाई थोरै भए पनि आय आर्जनमा टेवा पुग्ने विश्वासका साथ बढैयाताल गाउँपालिकाको लघु उद्यम बिकास कार्यक्रम अन्तरगत दुना टपरी बनाउने तालीम दिइएको बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठीले बताउनुभयो ।
खेर गइरहेको पातको सदुपयोग पनि हुने आयआर्जनमा टेवा पुग्ने साथै वातावरणीय दृष्टिकोणले समेत राम्रो रहेकोले यस्ता किसिमका तालीम अन्य वडाहरूमा समेत सञ्चालनको तैयारी रहेको पालिका प्रमुख त्रिपाठीले जानकारी दिनुभयो ।
वैशाख २७ गते देखि वैशाख ३१ गते सम्म सञ्चालित तालिममा २५ जना स्थानीय महिलाहरूको सहभागिता रहेको थियो ।






प्रतिक्रिया राख्नुहोस्