तपाईँ सुन्दै हुनुहुन्छः

ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु 

चितवन । चितवनमा कोक बोक्ने डिब्बा ट्रकले ठक्कर दिँदा एक मोटरसाइकल चालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा खैरहनी नगरपालिका वडा नम्बर ८ का ३३ बर्षीय प्रवीण कुँवर रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गएराती १२ बजेर २० मिनेटको समयमा रत्ननगरनगरपालिका वडा नम्बर ३ शान्ति चोकबाट पूर्वपश्चिम सडकखण्डमा टांँडीबाट खैरहनी तर्फ जाँदै गरेको ना ३७ प ४९०९ नम्बरको मोटरसाइकललाई ना ४ ख ४१२८ नम्बरको ट्रकले ठक्कर दिँदा कुँवर गम्भीर घाइते भएका थिए । कुँवरको  चितवन मेडिकल कलेजमा उपचारको क्रममा १ बजेर २० मिनेटमा मृत्यु भएको प्रहरीले जनाएको छ ।  ठक्कर दिने ट्रक चालक हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ का ३८ बर्षीय नवीन उप्रेती लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button