तपाईँ सुन्दै हुनुहुन्छः

भेरी अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा. पाण्डे नियुक्त

नेपालगञ्ज । सरकारले भेरी अस्पताल नेपालगञ्जको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा। राजन पाण्डेलाई नियुक्त गरेको छ । भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन तथा मेडिसिन विभाग प्रमुख डा। पाण्डेलाई सरकारले प्रमुख मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी दिएको हो ।

हाल डा. पाण्डे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तर्फबाट नेपालको प्रतिनिधित्व गर्दै किनोट स्पिकरको रूपमा जर्मनीको राजधानी बर्लिन हुनुहुन्छ । डा। पाण्डेले यसअघि भरतपुर अस्पतालमा पनि मेसुको जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ ।

लामो समयदेखि भेरी अस्पतालमा बसेर सेवा प्रवाह गर्दै आउनुभएका डा। पाण्डेले भेरी अस्पतालमा पहिलोपटक व्यवस्थापकीय जिम्मेवारी पाउनुभएको हो । डा। पाण्डे चिकित्सा क्षेत्रमा अब्बल मानिनुहुन्छ ।

भेरी अस्पतालको अवस्थाबारे पूर्णरुपमा जानकार डा। पाण्डेले अस्पतालको सेवा प्रवाहलाई स्तरीय बनाउने धेरैको विश्वास छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button