तपाईँ सुन्दै हुनुहुन्छः

बैङ्कहरूले घटाए ब्याजदर

काठमाडौँ । वाणिज्य बैङ्कहरूले जेठ महिनाका लागि नयाँ ब्याजदरको सूची सार्वजनिक गर्दै ब्याजदर घटाएका छन् । 

वैशाखको तुलनामा अधिकांश बैङ्कहरूले निक्षेपमा दिने औसत ब्याजदर घटाएका हुन् ।वैशाख महिनाका लागि व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर १९ वाणिज्य बैङ्कको औसत ७.१४ प्रतिशत चलाएकोमा जेठ महिनाका लागि घटाएर ७.०६ प्रतिशतमा कायम गरेका छन् । 

सार्वजनिक सूची अनुसार व्यक्तिगत मुद्दती निक्षेपमा ७ बैंकले वैशाखकै दरलाई यथावत् राखेका छन् । १० बैंकले ब्याजदर घटाएका छन् । ३ बैङ्क ग्लोबल आईएमई, एनआईसी एसिया र प्रभु बैंकले भने ब्याजदर बढाएका छन् । बैङ्किङ प्रणालीमा तरलता बढेका कारण कर्जा प्रवाह न्यून भएसँगै बैङ्कहरूले ब्याजदर घटाउँदै लगेका हुन् । 

राष्ट्र बैंकले बैङ्कहरूलाई ब्याजदरमा उतारचढाव कम गर्न भन्दै अघिल्लो महिनाको अधिकतम ब्याजदरको औसत निकालेर त्यसको १० प्रतिशत मात्रै तलमाथि गर्नसक्ने व्यवस्था गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button