तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय जलवायु परिवर्तनसम्बन्धी प्रतिवेदन सार्वजनिक

काठमाडौँ । केन्द्रीय तथ्याङ्क कार्यालयले मुलुकको हिमाल, पहाड र तराईको वस्तुस्थितिमा आधारित भई तयार पारेको राष्ट्रिय जलवायु परिवर्तन सम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको छ । 

संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम(युएनडिपी)को सहयोगमा २९ जिल्लाका छ हजार पाँच सय घर परिवारमा पुगी तयार पारिएको सो प्रतिवेदन प्रमुख तथ्याङ्क अधिकारी अर्जुनप्रसाद पोखरेल र नेपालस्थित युएनडिपीका आवासीय उपप्रमुख जुलियन सेभिलार्डले  आज यहाँ आयोजित कार्यक्रममा सार्वजनिक गर्नुभएको हो । 

कम्तीमा २५ वर्ष एकैस्थानमा बसोबास गर्दै आएका ४५ वर्षमाथिका सर्वसाधारणलाई सोधिएको प्रश्नावलीका आधारमा प्रतिवेदन तयार गरिएको तथ्याङ्क कार्यालयले जनाएको छ । 

सो अवसरमा प्रमुख तथ्याङ्क अधिकारी पोखरेलले देशको समग्र भूभाग समेट्ने गरी जलवायु परिवर्तन सम्बन्धी तयार गरिएको प्रतिवेदन नीति निर्माण तहमा कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो । 

युएनडिपीका उपप्रमुख सेभिलार्डले सरकारी निकायसहित विकास साझेदार र गैरसरकारी संस्थालाई नीति निर्माण एवं कार्यक्रम तर्जुमा गर्न जलवायु परिवर्तनसम्बन्धी प्रतिवेदनले सहयोग पु(याउने धारणा व्यक्त गर्नुभयो । 

प्रतिवेदनमा खडेरी, बाढी, पहिरो, वन अतिक्रमण र डढेलो, भूक्षय, रासायनिक मल एवं विषादीको अधिक प्रयोगलगायतका कारण तापक्रम वृद्धि भई जलवायु परिवर्तनको असर देखिएको उल्लेख छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button