तपाईँ सुन्दै हुनुहुन्छः

सर्वोच्च अदालतको जुनसुकै फैसला मान्न तयार छौ : मुख्यमन्त्री काकी

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेश सरकारको विषयमा सर्वोच्च अदालतले गर्ने जुनसुकै फैसला आफूहरूलाई मान्य हुने बताउनु भएको छ । 

आज विश्वासको मत प्राप्त गर्नुभएपछि प्रदेशसभा सचिवालयमा सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै उहाँले कोशी प्रदेश सरकारमा सहभागी दल नेकपा एमाले र नेकपा माओवादी विधिको शासन र कानुनको पालना गर्ने पार्टी भएकाले सरकारको विषयमा अदालतले गर्ने निर्णय स्वीकार्य हुने बताउनुभयो । 

उहाँले सर्वोच्चले अदालतले गत २८ गते कोशी प्रदेश सरकारको विषयमा कुनै अल्पकालिन आदेश तथा रिट जारी नगरेको र सरकारको कामकारबाही रोक  नलगाएकाले सरकारको कामलाई कामलाई अघि बढाउन आफूले  विश्वासको मत लिएको  र भोलीका दिनमा सर्वोच्च अदालतले गर्ने जुनसुकै फैसला पनि मान्न आफूहरू प्रतिबद्ध रहेको बताउनुभयो ।

मुख्यमन्त्री कार्कीले एक हप्ताभित्र मन्त्री परिषद् विस्तार हुने बताउनुभयो । सरकारमा सहभागी दल नेकपा माओवादीसँग  छलफल गरेर मन्त्रिमण्डल विस्तार हुने उहाँको भनाई थियो । 

उहाँले कार्यबोझ नथपिएसम्म मन्त्रालयको सङ्ख्या नबढाउने बताउनुभयो ।  कार्यबाेझ थपिएमा मन्त्रालयको सङ्ख्या बढ्न सक्छ  तर अहिलेको अवस्थामा मन्त्रालयको सङ्ख्या बढाउने पक्षमा आफूहरू नरहेको उहाँले बताउनुभयो ।

मुख्यमन्त्री कार्कीले आजको प्रदेशसभाको बैठकमा सहभागी नभएर लोकतान्त्रिक अभ्यासबाट नेपाली कांग्रेस चुकेको भन्नुहुँदै नेपाली काँग्रेसले आगामी दिनमा आफूलाई सच्चाएर अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । लोकतन्त्रमा विश्वास गर्ने नेपाली कांग्रेस पार्टी आजको प्रदेशसभाको बैठकमा सहभागी हुनुपर्ने उहाँको भनाई थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button