तपाईँ सुन्दै हुनुहुन्छः

समानीकरण अनुदानमार्फत भएका कामकारबाहीको समीक्षा गर्नुपर्नेमा सांसद्हरुको जोड

काठमाडौँ । समानीकरण अनुदानमार्फत भएका कामकारबाहीको समीक्षा गर्नुपर्नेमा सांसद्हरुले जोड दिनुभएको छ ।

प्रतिनिधि सभाको अर्थ समितिमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगसँग आज भएको छलफलमा सांसद्हरुले समानीकरण अनुदानका सम्बन्धमा आयोगले गरेको सिफारिस र कार्यान्वयनको ५ वर्षे समीक्षा गरी सरकारलाई आवश्यक सुझाव दिनुपर्नेमा जोड दिनुभयो ।

सांसद्हरुले रोयल्टी बाँडफाँड, समानीकरण अनुदान, विशेष अनुदान र समपूरक अनुदानबिचको वित्तीय अन्तर र सामञ्जस्यताका बारेमा अध्ययन गरी प्रतिवेदन तयार पार्न आयोगलाई आग्रह गर्नुभयो  ।

बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले  आयोजना तोकेर मात्र ऋण लिने व्यवस्था गर्नुका साथै आयोजनाको प्राथमिकीकरण विशिष्टता,वस्तुनिष्ठता र कार्य दक्षताका आधारमा गर्नुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष पौडेलले आयोगले आफ्नो कार्यको समीक्षा गरी त्यसलाई दस्तावेजीकरण गर्ने भन्दै सरकारले पनि विगतको समीक्षा गर्दै बस्तुपरक बजेट ल्याउनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button