तपाईँ सुन्दै हुनुहुन्छः

नइका चार कृतिको लोकार्पण

काठमाडौँ । वानीरा फाउन्डेसनले शताब्दी पुरुष डा सत्यमोहन जोशीको एक सय पाचौँ जन्मजयन्ती अवसरमा नइ प्रकाशनबाट प्रकाशित चार वटा कृति सार्वजनिक गरेको छ ।  

आज यहाँ आयोजित कार्यक्रममा वानीरा फाउन्डेसनका संस्थापक शङ्कर गिरी, भूपालमानसिंह कार्की प्रज्ञा परिषद्का अध्यक्ष लोकमानसिंह कार्की तथा नइ प्रकाशनका कुलपति इन्दिरा प्रसाईँले संयुक्त रुपमा  प्राडा उषा ठाकुरबाट सम्पादित ‘सुनिता कार्कीको काव्यकारिता’, प्राडा सावित्री कक्षपतीद्वारा लिखित ‘नरेन्द्रराज प्रसाईँको अर्जुनदृष्टिः ललितत्रिपुरसुन्दरी’, डा अम्बिका अर्यालद्वारा लिखित ‘नारी अस्तित्व र इन्दिरा प्रसार्इंका उपन्यास’ र अणुराज जोशीद्वारा सामु उप्रेतीको उपन्यास ‘तिम्रो म’को नेपाली भाषाबाट अङ्ग्रेजी भाषामा अनूदित ‘आइएम् योर्स’ नामक कृति लोकार्पण गर्नुभएको हो । 

वानीरा फाउन्डेसनका अध्यक्ष इन्दिरा प्रसाईँको सभापतित्वमा सम्पन्न सो समारोहमा सुनिता कार्की, प्राडा सावित्री कक्षपती, डा अम्बिका अर्याल, अणुराज जोशी तथा सदस्यसचिव नरेन्द्रराज प्रसाईँ र कार्यक्रम संयोजक भगवती बस्नेतले शताब्दी पुरुष डा जोशीको साहित्यिक योगदान र लोकार्पित कृतिहरूबारे चर्चा गर्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button