नदीमा डुबेर कैलालीमा दुई जनाको मृत्यु
टीकापुर कैलाली । नदीमा डुबेर कैलालीमा दुई बालबालिकाको मृत्यु भएको छ ।
आज दिउँसो साढे १ बजेतिर कैलारी गाउँपालिका वडा नम्बर ८ को लोहरपुर तेडी बाँधमा नुहाउने क्रममा बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
नदीमा डुबेर गम्भीर अवस्थामा पुगेका ७ वर्षीय अमिल खड्का र १३ वर्षीया दुर्गा साउँदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
खड्काको उद्धार गरेर उदासीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएकोमा उपचारका क्रममा मृत्यु भएको हो साउँदको थप उपचारका लागि सेती प्रादेशिक अस्पतालमा ल्याइएकोमा उनको पनि उपचारको क्रमममा मृत्यु भएको छ ।
दुवै जनाको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्