अज्ञात समूहद्वारा स्कुल बसमा आगजनी
चितवन । भरतपुर महानगरपालिका वडा नम्बर २०, स्थित दद्रेनीमा सडकमा गुडिरहेको स्मल हेभन इङ्लिस बोर्डिङ स्कुल कल्याणपुरको बागमती प्रदेश– ०६–००१ क ०४५ नम्बरको बसमा अज्ञात समूहले आज आइतबार बिहान आगजनी गरेको छ ।
बिहान करिब ८ः०० बजेको समयमा विद्यार्थी लिन गएको सो बसमा तीन वडा मोटरसाइकलमा आएका ६ जना अज्ञात समूहले इन्द्रेनी पुलमा बस रोकेर त्यहाँ रहेका विद्यार्थी र बस स्टाफलाई उस्तादै मोबाइल नियन्त्रण लिएर बसमा आगो लगाइ भागेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।
भरतपुरबाट आएको दमकलले आगो नियन्त्रणमा लिए पनि आगजनीको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन । बस आगोले जलेर पूर्ण रुपमा क्षति भएको छ । उक्त स्कुल पूर्व राज्यमन्त्री उमेश श्रेष्ठको लगानीमा सञ्चालित छ






प्रतिक्रिया राख्नुहोस्