तपाईँ सुन्दै हुनुहुन्छः

नेपालको नक्सा नोटमा छाप्दा अरूले चिन्ता गर्नु पर्दैन : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको नयाँ नक्सा नोटमा समावेश गर्दा अरू देशलाई चिन्ता हुनु नपर्ने बताउनुभएको छ ।

नेपाल बुद्धिजीवी परिषद्को राष्ट्रिय परिषद् भेलाको आज शुभारम्भ गर्नुहुँदै पूर्वप्रधानमन्त्री ओलीले नेपालको संसद्ले पारित गरेको राजनीतिक नक्सा, नेपाल सरकारको निर्णय र नेपालकै लगानीमा मुद्रामा छापिँदा अरूले टाउको किन दुखाउनुपर्ने भनी प्रश्न गर्नुभयो । उहाँले देशभक्ति र स्वाधीनताका लागि बुद्धिजीवीहरूको महत्वपूर्ण भूमिका रहनेमा जोड दिनुभयो ।

भेलालाई एमाले नेताहरू भानुभक्त ढकाल, रघुजी पन्त, विद्या भट्टराईलगायतले सम्बोधन गर्दै शुभकामना दिनुभयो । दुई सञ्चालन हुने भेलामा देशभरका बुद्धिजीवीहरूको सहभागिता रहेको परिषद्का महासचिव गजेन्द्र थपलियाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button