रेसुङ्गा नगरपालिका पोषणमैत्री स्वास्थ्य संस्थायुक्त घोषणा

गुल्मी । गुल्मी जिल्लाका स्थानीय तहले पोषणमैत्री स्वास्थ्य संस्थायुक्त पालिका घोषणा गर्ने कार्यलाई तीव्र पारेका छन् । त्यस क्रममा रेसुङ्गा नगरपालिकाले स्वास्थ्य क्षेत्रका सबै सूचकहरू पूरा गरेर पोषणमैत्री स्वास्थ्य संस्थायुक्त र पूर्ण खोप सुनिश्चितता दिगोपना नगरपालिका घोषणा गरेको छ ।
गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाले स्थापना दिवसको अवसरमा पोषणमैत्री स्वास्थ्य संस्थायुक्त पालिका र पूर्ण खोप सुनिश्चितता र दिगोपना नगरपालिका घोषणा गरिएको छ । नगरलाई जिल्ला समन्वय समिति प्रमुख द्रोर्णबहादुर खत्रीले पोषणमैत्री स्वास्थ्य संस्थायुक्त पालिका र पूर्ण खोप सुनिश्चितता र दिगोपना नगरपालिका घोषणा गर्नुभएको हो ।
पोषणमैत्री स्वास्थ्य संस्थायुक्त पालिका र पूर्ण खोप सुनिश्चितता र दिगोपना नगरपालिका घोषणा भएको प्रमाणपत्र जिल्ला समन्वय समिति प्रमुख द्रोर्ण खत्रीले रेसुङ्गा नगरपालिकाका खिलध्वज पन्थीलाई हस्तान्तरण गर्नु भएको थियो । घोषणा कार्यक्रममा स्थानीय पोषणयुक्त खाद्यपदार्थ प्रदर्शनसँगै सन्देश मूलक नृत्य गीत प्रस्तुत गरिएको थियो । पोषणमैत्री स्वास्थ्य संस्था युक्त पालिका बनाउन १४ वटै वडामा रहेका १६ वटा स्वास्थ्य संस्थाहरूलाई घोषणा गर्दै सिङ्गो पालिकालाई पनि घोषणा गरिएको हो ।
पोषणमैत्री स्वास्थ्य संस्थायुक्त पालिका र पूर्ण खोप सुनिश्चितता र दिगोपना नगरपालिका घोषणाले नगरपालिले स्वास्थ्य क्षेत्रमा एउटा फड्को मारेको अपेक्षा लिएको छ ।
पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा गर्नका निमित्त अहोरात्र खटिने स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरूलाई सम्मान समेत गरिएको थियो । पोषणमैत्री स्वास्थ्य संस्थायुक्त घोषणा गर्ने क्रममा जिल्लाका १२ वटा स्थानीय तहहरूमध्ये रेसुङ्गा नगरपालिका चौथो स्थानमा परेको छ । यसअघि गुल्मी दरबार, छत्रकोट र धुर्कोट गाउँपालिकाले घोषणा गरिसकेका छन् । त्यस्तै नगरपालिकाले पूर्ण खोप दिगोपन सुनिश्चितता घोषणा गरेको छ ।
जिल्लालाई २०७१ साल चैत ३० गते नेपालमै सातौँ जिल्लाको रुपमा पूर्ण खोप जिल्ला घोषणा गरिएको थियो । त्यसपछि प्रत्येक वर्ष पूर्ण खोप दिगोपन सुनिश्चितता घोषणा गर्ने गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्