तपाईँ सुन्दै हुनुहुन्छः

चोयाका डोरीको भरमा झुन्डिएर भिर माहुरीको मह संकलन

बागलुङ । बागलुङ जिल्लाको विभिन्न स्थानमा अहिले भिर माहुरी काढ्न थालेका छन् ।

हरेक वर्षझैँ यस वर्ष पनि स्थानीय क्षेत्रमा राष्ट्रिय तथा सामुदायिक वनमा रहेका विभिन्न पहराहरूमा भिर माहुरीले महको चाका लगाएको छ । उक्त महको सिकार गर्नका लागि चोयाको डोरी बाटेर डोरीको भरमा पहरामा गई मह सिकार गर्ने स्थानीय भिराउटे (भीरमा गएर मह काढ्ने मान्छे) बुद्ध बहादुर वि कले बताउनु भएको छ ।

जिल्लाको गलकोट नगरपालिका रमुवा र निलुवा साथै ताराखोला गाउँपालिका हिल, तारा र अर्गलका स्थानीय जङ्गलमा पाईने भिर माहुरीको सिकार गर्नका लागि भिर सम्म पुगेर १५ सय देखी १९ सय मिटर सम्मको उचाइमा माहुरीको मह निकाल्ने गरेको बुढापाका भिराउटेले जानकारी दिनु भएको छ ।

गलकोट नगरपालिका १० रमुवाको विभिन्न स्थानमा गरि अहिले सम्म ८० घारबाट १५ सय लिटर बढी माहुरीको मह निकालिएको हो । उक्त मह मध्ये ५०० लिटर मह सरस्वती युवा क्लब, रमुवाले प्रति लिटर रु १५ सय रुपैयाँ मा बिक्री गर्ने र मह बिक्रीबाट उठेको रकम समाज सेवामा प्रयोग गर्ने खेल संयोजक कुमार पुनले जानकारी दिनु भएको छ ।

गलकोट नगरपालिका ४ निलुवामा जम्मा २८ घार मध्येमा ६ घार तारा खोलाका भिराउटेहरुले काढेका थिए । जसमा ८० लिटर मह निकालिइएको र बाकी २२ घार जेठ ३र ४ गते सोही भिराउटेले नै काढ्ने संयोजक चिन्तामणि शर्माले बताउनु भएको छ ।

ताराखोला गाउँपालिका वडा नं(५ ताराको ठुलो भिर सामुदायिक वनमा गत वर्ष ३ घारमा ७० लिटर निकालिएको थियो भने यस वर्ष ८ घारमा २ सय ६० लिटर भन्दा बढी मह निकालिएको स्थानीय टेक बहादुर घर्तीले बताउनु भएको छ । सोही स्थानमा रहेको जुल्फे सामुदायिक वनको मारो भिरमा १० घार बाट १ सय लिटर बढी मह निकालिएको सामुदायिक वनका उपभोक्ताले जानकारी दिनु भएको छ ,साथै मपेशमा रहेको मह भिरमा ३ घार काढ्ने तयारी भएको स्थानीय खिम बहादुर घर्ती पुनले जानकारी दिनुभएको छ । साथै हिल र अर्गलमा भने मौसम अनुकूल पारेर मह सिकार गर्ने तयारी भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button