भारतमा हुने निर्वाचनका कारण रेल सेवा तीन दिन बन्द हुने
जनकपुर । भारतमा हुने लोकसभा निर्वाचनका कारण जयनगर–जनकपुर–भङ्गहा रेल सेवा तीन दिनसम्म बन्द गरिने भएको छ ।
भारत मधुवनी जिल्लाको भंझारपुर संसदीय निर्वाचन क्षेत्रमा ७ मे २०२४ (वैशाख २५) मा लोकसभा चुनाव हुन लागकोले रेल सेवा तीन दिन बन्द रहेन नेपाल रेल्वे कम्पनी लिमिटेडद्वारा आज जारी सूचनामा जनाइएको छ ।
चुनावको २४ घण्टा पहिले बन्द गर्नुपर्ने भएकाले भोलिदेखि जयनगर–जनकपुर–भंगहा रेल सेवा बन्द हुने कम्पनीका महाप्रबन्धक निरञ्जन झाद्वारा जारी सूचनामा उल्लेख छ ।
इन्डो नेपाल अन्तर्राष्ट्रिय बोर्डर सिल गर्ने गरी नेपाल भारतका दुवै पक्ष सम्मिलित बोर्डर जिल्ला कोर्डिनेशन कमिटीबाट भएको निर्णयअनुसार रेल सेवा मंगलबारसम्म पूर्णरूपमा बन्द रहने छ ।








प्रतिक्रिया राख्नुहोस्