तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ महाधिवेशन उद्घाटन

काठमाडौँ ।  नेपाल पत्रकार महासङ्घको २७औँ महाधिवेशन प्रारम्भ भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अधिवेशनको उद्घाटन गर्नुभएको छ । अधिवेशनमा देशभरका विभिन्न शाखाका राष्ट्रिय परिषद् सदस्यहरू सहभागी छन् ।

यसअघि विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आजै बिहान महासङ्घको अगुवाइमा प्रभातफेरी आयोजना गरिएको छ । महासङ्घको २७औँ अधिवेशन समेतका अवसरमा आयोजित प्रभातफेरी रत्नपार्क शान्ति बाटिकाबाट सुरु भई भृकुटीमण्डपस्थित अधिवेशनस्थल राष्ट्रिय सभागृहमा पुगेर समापन गरिएको थियो ।

प्रभातफेरीमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेल, पदाधिकारी, पूर्व अध्यक्ष, विभिन्न सञ्चारगृहमा आबद्ध पत्रकारहरूको सहभागिता थियो । प्रभातफेरीमा नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस सङ्गठन नेपाललगायत सङ्घ सङ्गठनका पदाधिकारी तथा सदस्यहरूको सहभागिता थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button